चन्द्रागिरि हिल्सको महाप्रबन्धकमा अरुण प्रधान नियुक्त
थानकोट ।
चन्द्रागिरि हिल्स लिमिटेडको महाप्रबन्धकमा अरुण प्रधान नियुक्त भएका छन् ।
चन्द्रागिरि हिल्स लिमिटेडले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदमा नियुक्त गरेकोहो ।
सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आज बिहीबारदेखि लागू हुने गरी महाप्रबन्धक नियुक्त गरेको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडका तत्कालीन महाप्रबन्धक संजीव थापाले मंसिर १८ गते पदबाट दिएको राजीनामा स्वीकृत गरि कम्पनीले अर्को व्यवस्था नभए सम्मका कम्पनीमा कार्यरत एक्जुकेटीभ म्यानेजर श्याम तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको थियो ।














