चन्द्रागिरि नगरमा विज्ञापन कर संकलनका लागि तेस्रोपटक बोलपत्र आह्वान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगरको क्षेत्राधिकारभित्र भएका विज्ञापन बोर्डहरूको कर संकलनका लागि ठेक्का लगाउन तेस्रो पटक सार्वजनिक आह्वान गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्षका लागि नगरको आर्थिक ऐन २०८० को दफा ६ को अनुसूची ५ को अनुसुची ६.१ को अधिनमा रही छाला हड्डी तथा जीवजन्तु कर तथा सोही ऐनको दफा ७ को अनुसुची ६ को अधिनमा रही विज्ञापन कर संकलनका लागि सार्वजनिक ठेक्का आह्वान गरेको हो ।

यसअघि मंसिर १२ गते तथा पाैष २६ गते समेत उल्लिखित शीर्षकमा कर संकलनका लागि सार्वजनिक ठेक्का आह्वान भएपनि स्वीकृत नभएको जनाइएको छ ।

छाला हड्डी तथा जीव जन्तु करका लागि न्युनतम ४५ लाख ४५ हजार रूपैयाँ तथा विज्ञापन करका लागि ७० लाख रूपैयाँ कबोल अंक राखिएको नगरले जनाएको छ ।

दुवै ठेक्कामा फाल्गुन ४ गतेसम्म बोलपत्र पेश गर्न सकिने र सोही दिन बोलपत्र खोलिने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *