सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली स्थानीय बजारमा सुनको मूल्य स्थिर छ ।

आज छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक  हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *