थानकोटसहित विभिन्न स्थानका लागि क्लासिक टेकले माग्यो ३ सय जना कर्मचारी

Thankot Times

थानकोट ।

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जनालाई रोजगारीको आह्वान गरेको छ। 

कम्पनीले कर्मचारीहरूको लागि आकर्षक सेवा सुविधाहरूका साथै अन्य सुविधाहरू जस्तैः सियुजिसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउँदै आइरहेको बताएको छ।  

आह्वान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधिहरूका साथै प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन्। 

क्लासिक टेकले बागमती प्रदेशका नयाँ बानेश्वर, गैरीधारा, बालाजु, गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी,  चाबहिल, नारायणटार, मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सूर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा), हेटौंडा (हटिया, पदमपोखरी, वस्तीपुर) का लागि कर्मचारी माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *