सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रति तोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार चाँदी प्रति तोला एक हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *