सुन चाँदीको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य प्रति तोला एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।













