नेपाली बजारमा सुन चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलाको एक लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।

चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *