त्रिदेशीय टी-२० क्रिकेट सिरिजः नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । यो सँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । 

नेपालले आफ्नो टिममा आज तीन परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई आराम दिएको छ भने उनीहरुको ठाँउमा अनिल शाह, अभिनास बोहोरा र आरिफ शेखलाई टिममा सामेल गरेको छ ।

नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान),  आसिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख । 

यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ ।

नेपालले लगातार दुई खेलमा हार व्यहोरेको नेपाल यो खेल जित्नै पर्ने दबाबमा छ।

नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *