त्रिदेशीय टी-२० क्रिकेट सिरिजः नेपालको फाइनल सम्भावना जिवितै, रोमाञ्चक खेलमा नामिबिया स्तब्ध

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल, नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ ।

रोमाञ्चक जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जीवित राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएपछि नेपालले अन्तिम ओभरमा जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो ।

जितसँगै नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेपाल दोस्रो स्थानमा उक्लिएको छ । नामिबियाको पनि समान खेलबाट दुई अङ्क छ । दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *