साफ यू-१६ महिला फुटबल: आज नेपालले बंगलादेशको सामना गर्दै

Thankot Times

थानकोट ।

शुक्रबारबाट नेपालमा साफ यू-१६ महिला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार घरेलु टोली नेपालले बंगालदेशको सामना गर्दैछ ।

खेल ललितपुरस्थित च्यासल मैदानमा अपराहन्न ३ बजे देखि शुरू हुने तालिका रहेको छ ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी छन् ।

प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक-एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

नेपाली टिम:

गोलरक्षक: रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली ।

डिफेन्डर: दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।

मिडफिल्डर: भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ । 

स्ट्राइकर: पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *