त्रिदेशीय टी-२० क्रिकेट सिरिजः लगातार दोश्रो जितसँगै नेपाल फाइनल नजिक
थानकोट ।
काठमाडाैंमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार जित दर्ता गरेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित दर्ता गरेको हो ।
प्रतियोगिताका सुरुका २ खेल गुमाएको नेपालले पछिल्ला २ खेलमा भने रोमाञ्चक जित निकालेको हो ।
शनिबारको खेलमा नेदरल्यान्ड्सले जितका लागि दिएको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
सिरिजमा नेदरल्याण्ड्स र नेपालकाे समान ४-४ अंक छ । रन रेटका आधारमा क्रमशः पहिलाे र दाेस्राे छन् । नामिबियाकाे दुई अङ्क छ ।
अंक तालिकाको शीर्ष २ मा रहने टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार अब हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको विजेताले फाइनलमा स्थान पक्का गर्दा सो नतिजाले नेपालको फाइनल पुग्ने सम्भावना टुंगो लगाउनेछ ।














