त्रिदेशीय टी-२० क्रिकेट सिरिजः वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेलमा ‘नो-रिजल्ट’
थानकोट ।
काठमाडाैं जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिज अन्तर्गत आइतबारको खेल बिना कुनै नतिजा सकिएको छ ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८/४ को अवस्थामा वर्षाको कारण खेल रोकिएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् ।
नामिबियासँग अंक बाँडेपछि नेदरल्याण्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालपनि फाइनलमा पुगेको छ । अंकतालिकामा नेपालको ४ अंक छ । आइतबारको खेल बराबरीपछि नामिबियाको ३ अंक भयो ।
फाइनल मंगलबार हुनेछ ।













