त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने
थानकोट ।
नेपालमा जारी नामिबिया, नेदरल्याण्ड्स र नेपाल सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनल खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुने फाइनल खेलमा नेपाल र नेदरल्याण्ड्स आमुने-सामुने हुँदैछन् ।
लिग चरणमा तीनवटै टोलीले समान चार-चार खेल्दा नेदरल्याण्ड्स् पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए ।
नेपाल र नेदरल्याण्ड्सबीचको हेड टू हेडमा नेदरल्याण्ड्स अघि रहेको छ । २०-२० आईका पछिल्ला पाँच खेलमा नेपालले दुई खेल जितेको छ भने नेदरल्याण्ड्सले तीन खेलमा जीत दर्ता गरेको छ ।
यसैबीच नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा १२ हजार टिकट मात्र बेच्ने भएको छ ।
सोमबार सूचना जारी गर्दै क्यानले नेदरल्याण्ड्सविरुद्ध नेपालले खेल्ने फाइनल खेलमा १२ हजार मात्र टिकट बिक्री गर्ने जनाएको हो ।













