सुनको भाउ आज प्रति तोला २ हजार रूपैयाँले बढ्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाला र तेजावी सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँका दरले वृद्धि भएको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भईरहेको छ ।













