उकालो चढ्दै सुनको भाउ, प्रतितोला १ लाख २३ हजार ५ सय रूपैयाँमा हुँदैछ कारोबार
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन आज बुधबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।
मंगलबारको तुलनामा सुनको मुल्य बुधबार तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो।
बुधबार पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ उचाइ लिएको हो ।
आज बुधबार चाँदीको भाउ घटेको छ।
बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय चालिस रुपैयाँ पुगेको महासंघले जनाएको छ।
हिजो मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय पैतालिस रुपैयाँमा कारोबार भएको थियो ।













