प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा ब्राइट फ्युचरका सुजललाई २ स्वर्ण
थानकोट ।
काठमाडौं आयाेजित प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्युचर माविका तीन जना विद्यार्थीले २ स्वर्णसहित ४ पदक जितेका छन् ।
प्रतियोगितामा ब्राइटका सुजल कार्कीले पुम्से कुस्तीमा दाेहाेराे स्वर्ण हात पारेेका हुन् ।
यसै गरि नियाेमी महर्जन र अर्पण काफ्लेले क्रमशः रजत र कास्य पदक जिते ।
आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले ११ स्वर्ण, १० रजत र १० कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी जित्न सफल भएको छ।
योङ स्टार ग्रुप सहआयोजक रहेको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र ३ कास्यसाथ चन्द्रागिरि डोजाङ दोस्रो भयो । तेस्रो भएको क्षेत्रपाल डोजाङले ३ स्वर्ण, ५ रजत र २ कांस्य जितेको थियो ।
पहिलोले ३ सय, दोस्रोले २ सय र तेस्रो हुने टिमले १ सय अमेरिकी डलर पुरस्कार हात पारे ।
शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्य एकेन्द्र कुँवर, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।















