सुनको भाउ दुई दिनदेखि स्थिर रहँदा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढ्यो
थानकोट ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थानीय बजारमा सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
महासंघका अनुसार यसअघि आइतबार र सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको छ ।
आज मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय ८५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
हिजो सोमबारको तुलनामा चाँदीको भाउ तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।













