चन्द्रागिरि हिल्सकी सञ्चालक उमा विष्ट जिसीको राजीनामा स्वीकृत
थानकोट ।
चन्द्रागिरि हिल्सकी सञ्चालक समिति सदस्य उमा विष्ट जिसीको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले जिसीको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा सोहि मितिदेखि लागू हुने गरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।










