सुनको भाउ घट्यो
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ ।
आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
अघिल्लो तिनदिन सम्म सुनको भाउ हालसम्मकै उच्च मूल्यमा प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो ।













