सुनको मूल्य घट्दा, चाँदीको स्थिर
थानकोट।
कारोबार हुने साताको छैटाैं दिन आज शुक्रबार नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ४ सय रूपैयाँ घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।













