सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो एक तोला सुनको मोल ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताो चाैथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजार ८ सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार भइरहेको हो । 

आज छापावाल सुन तोलामा एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन हिजो मंगलबार सुन तोलाको एक लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँदी तोलामा एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *