सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँले बढ्यो, १ तोला सुनको मूल्य कति पुग्यो अब ?
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्यले नयाँ उचाइ छाेएको छ ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार छापावाल सुन एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि चैत २२ गते बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।
उक्त दिन एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा छापावाल सुन २९ सय रुपैयाँले बढेको हो । तेजाबी सुन भने प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य एकै दिन ५५ रुपैयाँले बढेको हो ।
बिहीबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।













