सुनको मूल्य बढ्ने क्रम जारी

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेर कारोबार भएको हो ।

छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार पनि चाँदी प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *