सुनको मूल्य फेरि उकालो लाग्यो
थानकोट ।
नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार १ सय ५०रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ ।
महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार चाँदी तोलाको १६ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।