नेपाली बजारमा सुनको मूल्य बढ्यो चाँदीको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ बढेर कारोबार भएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने १० रुपैयाँले घटेर कारोबार भएको छ । शुक्रबार प्रतितोला एक हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ७ सय २५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।













