आजबाट प्रथम वनदेवी-चन्द्रागिरि सांस्कृतिक व्यापार महोत्सव सुरु हुँदै

Thankot Times

थानकोट ।

आजबाट चन्द्रागिरि नगरपालिका-०७ घुमाउनेमा प्रथम वनदेवी-चन्द्रागिरि सांस्कृतिक व्यापार महोत्सव सञ्चालन हुँदैछ । 

वनदेवी सामुदायिक भवन संरक्षण समितिको संयोजनमा हुन लागेको सो महोत्सव जेठ २७ गते सकिनेछ ।

महोत्सवको अपरान्ह २ः३० बजे बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रमा आले मगरको हातबाट उद्घाटन गर्ने तालिका रहेको छ ।

महोत्सवमा विभिन्न सर-सामान खरिद बिक्री स्टल, मनोरञ्जनात्मक खेल गतिविधिका स्टल रहनेछन भने साँझ सांगितिक प्रस्तुतिका लागि हरेक दिन लाेकप्रिय कलाकारहरू निम्त्याइनेछ ।

महोत्सवमा करिब ५० वटा स्टल रहने आयोजकको भनाइ छ । चन्द्रागिरि क्षेत्रको व्यवसायीका स्टलले महोत्सवमा सहभागिताका लागि प्राथमिकता पाउने वनदेवी सामुदायिक भवन संरक्षण समितिले जनाएको छ । 

महोत्सव हरेक दिन बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ । 

कार्यक्रमस्थल प्रवेशका लागि ७० रुपैयाँ राखिएको छ । विद्यार्थीले कार्यक्रमस्थलमा प्रवेेशका लागि ५० रुपैयाँ तिर्नुपर्नेछ ।

संयुक्त नेपाल मेला महाेत्सव ग्रुप प्रा.लि. काे व्यवस्थापनमा कार्यक्रम हुन लागेको हाे । महाेत्सवका अवसरमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयाेजना हुुने बताइएको छ।

महोत्सवमा सहभागी भइ किनमेल तथा मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागिताका लागि वनदेवी सामुदायिक भवन संरक्षण समितिले सबैमा अनुरोध गरेको छ ।

महोत्सव चन्द्रागिरि केबलकार नजिकै रहेको ड्रिम एम्युजमेन्ट पार्क पछाडीको क्षेत्रमा सञ्चालन हुनेछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा यस किसिमको महोत्सव हुन लागेको यो पहिलो अवसर हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *