सुनचाँदीकाे मूल्य उकालो लाग्ने क्रम जारी
थानकोट ।
नेपाली स्थानीय बजारमा कारोबार हुने साताको चाैथो दिन बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ
आज हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।
बुधबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको तुलनामा तेजाबी सुन पनि ६ सय रुपैयाँले बढेको हो । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइ रहेको छ ।
हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।













