सुनको भाउ तोलामा २ हजार ३ सय रूपैयाँले बढ्यो
थानकोट।
कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेर कारोबार भइरहेको छ । यसदिन बजारमा सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको हो ।
यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य भने घटेको छ ।
अघिल्लो कारोबार दिन हिजो बुधबार तोलामा १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भाउ घटेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।













