सुनको मूल्यले कायम गर्यो नयाँ कीर्तिमान, तोलामा १ हजार ७ सय रूपैयाँ बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यही जेठ १८ गते छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एकैदिन २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।













