आज साँझ मातातिर्थ कुण्डमा सन्ध्याकालिन गंगा आरती आयोजना हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा हरेक औंशीका दिन सन्ध्याकालिन आरती आयोजना गरिने भएको छ ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाका अनुसार आजबाट आरती सुरु हुँदैछ ।
गत महिनामा मनाइएको मातातिर्थ औंशीका अवसरमा मातातिर्थ कुण्डमा पहिलोपटक सन्ध्याकालिन आरती आयोजना गरिएकोमा सो को निरन्तरता दिँदै संस्थाले सन्ध्याकालिन आरती आयोजना गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी मन्दिर परिसरमा पनि हरेक सोमबार सन्ध्याकालीन आरती आयोजना भइरहेको छ ।












