सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली स्थानीय बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा हिजो सोमबार पनि छापावाल सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।
आज मंगलबार तेजाबी प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
हिजो सोमबार चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।













