सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा सामान्य गिरावट
थानकोट ।
नेपाली स्थानीय बजारमा आज बुधबार सुनको मूल्य अघिल्लो कारोबार दिनकै मूल्यमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य साताको पहिलो दिन आइतबार कायम भएकै मूल्य हो ।
आज बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।













