कलंकी ट्रेड सेन्टरको सटर हस्तान्तरण गर्ने भन्दै १३ करोडभन्दा बढी ठगी, ६ जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडाैंको कलंकीस्थित कलंकी ट्रेड सेन्टरका व्यापारिक इकाई (सटर) हस्तान्तरण गर्ने भन्दै १३ करोड ७३ लाख बढी रकम ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

व्यापारिक इकाई (सटर) हरूको स्वामित्व हस्तान्तरण गर्ने भन्दै पैसा उठाएर पनि हस्तान्तरण नगरेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अहिलेसम्म १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ बराबरको ठगी भएको छ। 

यसमा प्रहरीले काठमाडौं लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्यलाई पक्राउ गरेको छ।

उनी न्युरोडमा रहेको कलंकी डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालिका संचालक समितिका अध्यक्ष समेत हुन्।

उनीसहित ५१ वर्षीय राजु महर्जन, ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ, ५९ वर्षीय चिरञ्जिवी पौडेल र ६१ वर्षीय शान्ति रमण पंगेनी पक्राउ परेका हुन्। 

उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *