२ खर्ब २१ अर्ब रूपैयाँको चन्द्रागिरि-चितवन एक्सप्रेस वेमा लगानीकर्ताले देखाएनन् चासो
थानकोट।
गत बैशाख १६ र १७ गते काठमाडाैंमा सम्पन्न तेस्रो लगानी सम्मेलनको लागि लगानी बोर्डले प्रस्तुत गरेका परियोजनामा लगानी गर्न लगानी कर्ताहरू अनिच्छुकता देखाएका छन् ।
जसमा चन्द्रागिरि-चितवन एक्सप्रेस-वे समेत परेको छ ।
करिब २ खर्ब २१ अर्ब रूपैयाँको लागत लाग्ने ठानिएको नेपालकै हालसम्मकै सबैभन्दा ठूलो सडक परियोजना चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस वेमा लगानीकर्ताले लगानी गर्न चासो नदेखाएका हुन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले काठमाडाैंबाट १ घण्टामै चितवन पुग्न चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस-वे अध्ययनका लागि बजेट नै विनियोजन गरेका थिए ।
लगानी बोर्डले १२ वटा आयोजनामा लगानीका लागि आशयपत्र माग गरेकोमा २ वटाका लागि मात्रै आशयपत्रको आवदेन परेको बताइएको छ । जसमा समान १-१ आवेदन परेका छन् ।
आशय पत्र पेश भएका आयोजनाहरूमा जानकी हेरिटज होटल एण्ड कल्चरल भिलेज र अर्को बबरमहलमा प्रस्ताव गरिएको प्रशासनिक प्लाजा रहेका छन् ।












