सुनको भाउमा नयाँ कीर्तिमान
थानकोट।
नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ । कारोबार हुने साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ ।
त्यस्तै चाँदीको भाउ आज आइतबार तोलामा २० रुपैयाँ बढेको छ ।
अघिल्लो कारोबार दिन गत शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ७० रूपैयाँ रहेकोमा आइतबार १ हजार ८ सय ९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।













