प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
अपराह्न ४ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् ।
प्रधानमन्त्री शाह आज दिउँसो रास्वपा सभापति रवि लामिछानेसँगै संसद बैठकमा पुगेका थिए ।
दुवै जनाले २० मिनेट संसदमा बिताए पनि कुनै सम्बोधन गरेका थिएनन् ।
सरकारको कामकाज र उत्पन्न राजनीतिक परिस्थितिबारे सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच पछिल्ला दिनमा सघन संवाद भएको थियो ।









