काठमाडौं महानगरपालिकाले माग्यो ३० जना चालक, साउन २३ गतेभित्र आवेदन दिन सकिने
थानकोट ।
काठमाडौं महानगरपालिकाले ३० जना हेबी ड्राइभर माग गरेको छ ।
बिहीबार गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै महानगरले तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।














