सुनको मूल्यमा नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा १ हजार ८ सय रूपैयाँले बढेसँगै अहिलेसम्मको सर्वाधिक मूल्य कायम भएको हो ।

आज सुन तोलाको एक लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढेर एक हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *