मदन पुरस्कारका लागि पाँच कृति छनौट

Thankot Times

थानकोट ।

मदन पुरस्कार-२०८० को लागि पाँच कृतिको छनौट गरिएको छ ।

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन कृतिहरू छनौट गरेको जानकारी दिएको छ ।

यी मध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।

मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *