१७ जना सवार सौर्य एअरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त, उद्दार कार्य जारी

Thankot Times

थानकोट ।

प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज बिहान करिब ११ः१५ बजे दुर्घटनामा परेको हो ।

अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको उनले जानकारी दिए ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको जानकारी आएको बताए ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *