चन्द्रागिरि नगरमा विद्युत अवरुद्ध, साँझसम्म सुचारू हुने
थानकोट ।
चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा मंगलबार बिहानैदेखि विद्युत सेवा अवरुद्ध भएकाे छ । चन्द्रागिरि ८ स्थित सबस्टेशनमा ट्रान्सफरमर पड्किएकाे कारण चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा मंगलबार अबेरबाट मात्रै विद्युत सुचारु हुने नेपाल विद्युत प्राधिकरण बलम्बु उप वितरण केन्द्रले थानकोट टाइम्सलाई जानकारी दियाे । प्राधिकरण स्राेतले दिएकाे जानकारी अनुसार राष्ट्रिय प्रसारण लाइनकाे १३२ केभिए लाइमा समस्या उत्पन्न हुँदा यस क्षेत्रमा विद्युत अवरुद्ध भएकाे हाे ।
पछिल्लो जानकारी अनुसार साे समस्या समाधानकाे कार्य जारी छ ।












