साउन २५ बाट थानकोटमा यू-२० महिला भलिबल प्रशिक्षण
थानकोट ।
यही साउन २५ गतेदेखी थानकोटमा भलिबल प्रशिक्षण कार्यक्रम सुरु गरिने भएको छ ।
१० देखी २० वर्ष उमेर समुहका किशोरीहरूका लागि लक्षित गरी सो प्रशिक्षण सुरु गर्न लागिएको हो ।
राष्ट्रिय यू-२० भलिबल प्रशिक्षक एवं नैकापस्थित न्यू डायमण्ड स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राई तथा राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीले सो क्रममा प्रशिक्षण दिने कार्यक्रम संयोजक प्रचण्डमान गोपालीले जानकारी दिनुभयो ।
प्रशिक्षण हरेक दिन साँझ ५ः३० देखी ७ः०० बजेसम्म जारी रहने बताइएको छ ।
प्रशिक्षण थानकोटस्थित कभर्ड हलमा हुनेछ ।













