नेपाल आयल निगमले थानकोट डिपो वरपरको जग्गा अधिग्रहण गर्ने
थानकोट ।
नेपाल आयल निगमले थानकोट, नेपालगन्ज र दाङ डिपोको चौहदी मिलान गर्न छेउछाउका जग्गा अधिग्रहण गर्ने योजना पेश गरेको छ ।
निगमले चालू आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रमको मस्यौदा सञ्चालक समितिमा पेश गरेको छ ।
निगमले सरकारको नीति-कार्यक्रमलाई सघाउ पुग्ने गरी भण्डारण क्षमता वृद्धि, चुहावट नियन्त्रण, डिजिटल कारोबार, एप्स र सफ्टवेयरबाट पेट्रोलपम्प तथा ट्यांकरको नियन्त्रणलगायतका गतिविधि अघि बढाउने जनाएको नयाँ पत्रिकामा खबर छ ।
निगमले थानकोट डिपो हाताभित्र पेट्रोल भण्डारण गृह थप्ने योजना समेत अघि सारेको छ ।












