सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ५० हजार ८ सय रूपैयाँ
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार आज नेपाली बजारमा सुनको मूल्यले नयाँ बिन्दु छोएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि अघिल्लो कारोबार दिन हिजो सोमबारको तुलनामा छापावाल सुनको मूल्य प्रति तोला २ हजार १ सय रुपैयाँले बढेको छ ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा यही साउन २१ गते छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यो मूल्य यसअघिको उच्च थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।













