नागढुङ्गामा सवारी चालकमाथि विशेष चेकजाँच, ३ जना चालक प्रहरी नियन्त्रणमा

Thankot Times

थानकोट ।

लागुपदार्थ सेवन गरी सवारी साधन साधन चलाउँदै गरेका ३ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

ना. ३ ख. ७४ १२ नम्बरका भाडा कन्टेनर चालक रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ का २८ बर्षीय सबिन तामाङ, बाग्मती प्रदेश ०६-००१ क. ०१५३ नम्बरका ट्रक चालक चितवनको भरतपुर महानगरपालिका १७ का ३६ वर्षीय विनोद विश्‍वकर्मा र बाग्मती प्रदेश ०६-००१ ज. ०२७१ नम्बरका माइक्रो चालक नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ४ का २८ वर्षीय पवन सापकोटालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब, ड्रग्स किटमा राखेर जाँच गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको जाँच गर्दै आएको छ । नागढुङ्गामा १० ओटा सवारी साधनलाई जाँच गर्दा ३ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ  ।

चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक विश्वराज खड्काले बताए ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *