सुनको मूल्य अहिलेसम्मकै उच्च

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १ हजार ८ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *