नागढुङ्गा नजिकै सडकमा भीषण पहिरो, त्रिभुवन राजपथ अझै पूर्णरुपमा अवरुद्ध
थानकोट ।
नागढुङ्गा नाकानजिकै बुधबार बिहान खसेको पहिरो अझै हटाउन सकिएको छैन् ।
प्रहरी प्रभाग नागढुङ्गाका अनुसार वर्षा राेकिएपछि पहिराे पन्छाउने काम थालिएकोमा पुनः वर्षा सुरु भएपछि पहिराे पन्छाउने कार्य राेकिएकाे छ ।
नागढुङ्गा क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौं भित्रने र बाहिरिने सवारीसाधनकाे लामाे लाम लागेको छ।
तस्बिर: डा. कल्याणी मिश्र त्रिपाठी















