मत्स्यनारायणमा जारी श्रीमद् भागवत महापुराणमा कथा वाचिका देवी चन्द्रकला सखी सहभागी हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाँउस्थित मत्स्यनारायण मन्दिरमा जारी श्रीमद् भागवत महापुराणमा कथावाचिका देवी चन्द्रकला सखी सहभागी हुने भएकी छन् ।

भोलि भदौ १० गते सोमबार कृष्णजन्माष्टामीको दिन श्रीमद् भागवतका क्रममा कथावाचिका सखीको सम्मान गर्न लागिएको मत्स्यनारायण धार्मिक समाज समिति अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभयो । 

चन्द्रकला सखी नेपालकी नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रुपमा चिनिन्छिन् । उनी लण्डनमा बस्दै आएकी छन् ।

भदाै ६ गतेबाट सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान यज्ञ भदाै १२ गतेसम्म जारी रहनेछ ।

फाइल फोटोः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *