धादिङमा लागुऔषध कारोबार गरिरहेका चन्द्रागिरिका एकसहित दुई जना युवा समातिए
थानकोट ।
धादिङको थाक्रे गाउँपालिका-८, कृष्ण मन्दिरस्थितबाट २ जना युवा पक्राउ परेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मोटरसाईकलमा सवार धादिङ धुनिवेशी नगरपालिका बस्ने एक र चन्द्रागिरि नगरपालिकाका बस्ने अर्का युवा पक्राउ परेका हुन् ।
लागुऔषध ओसार प्रसार गरेको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट ५६५ क्याप्सुल ट्रमाडोल फेला परेको थियो ।
उनीहरू दुवै जनालाई लागुऔषध औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।












