झमझम झरीका बीच चन्द्रागिरि नगरमा मनाइयो गौरा पर्व

Thankot Times

थानकोट ।

सोमबार सुदूर तथा मध्यपश्चिम बासीहरूले मनाउने पराम्परागत गौरा पर्व धुमधामका साथ मनाइएको छ ।

चन्द्रागिरि क्षेत्रमा बसोबास गर्ने सुदूर तथा मध्यपश्चिम बासीहरूले समेत मातातिर्थमा एक कार्यक्रमका बीच गौरा पर्व मनाएका छन् ।

विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व सोमबार दिउँसो मातातिर्थ क्षेत्रमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो।

गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने धार्मिक विश्वास छ। गौरामा पर्वमा महिलाहरूले मागल गाउने गर्छन्। मागल गायन एक किसिमको धार्मिक लोकगाथा र भगवानको आराधना हो।

गौरा पर्वको मुख्य आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरूद्ध व्यङ्ग गर्ने चलन छ। एकताको पर्वका रूपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ।

मातातिर्थमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *